गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

शिक्षकले विद्यार्थीलाई एसएलसीमा असफल गराउन यतिसम्म गरे !

२७ श्रावण २०७३, बिहीबार ०८:३९

गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको रहस्य खुलेको छ ।

विद्यालयमा कार्यरत शिक्षक वसन्त नेपालीले एसएलसि परिक्षामा सहभागि मुरु गाविस वडा नम्वर ६ घर भई हाल मुसिकोट नगरपालिका १ मा वस्ने सुमन केसीको गणित विषयमा थपेका सवै कापिहरु अर्का एक्जेम्टेड विद्यार्थी मिलेश कलेलको कापिमा राखेर वेईमानी गरेका हुन् । 

सुमन केसीले अरु सवै विषयमा ए प्लस ल्याएपनि अनिवार्य गणित विषयमा डि ग्रेड आएपछि परिक्षा नियन्त्रण कार्यालयमा रिटोट्लिङ र रिचेकका लागी निवेदन दिनुभएको थियो । गणित विषयको कापी पुन: चेक गर्दा सुमनले थपेका वि,सि र डि कापी मिलेश कलेलको कापिमा स्टिज गरेको भेटिएको हो । 

परिक्षामा कोठा नम्वर ९ मा खटिएका शिक्षक वसन्त नेपालीले कोठा नम्वर ३ मा निरिक्षकको रुपमा खटिएकी लक्ष्मी खड्काको हस्ताक्षर समेत सच्याएर आफ्नो हस्ताक्षर गरेको कापि रिचेकका क्रममा भेटिएको छ । तत्कालिन परिक्षका केन्द्राध्यक्ष एव्म विद्यालयका प्राचार्य दामोदर पौडेलले यस्तो काम जगन्य अपराध भएको र आफुले शिक्षक वसन्त नेपालीलाई कार्वाही गर्न सरोकारवालालाई सघाउने वताउनुभयो । 

शिक्षा ऐन अनुसार यस्तो गैरकानुनि काम गर्नेलाई एकलाख जरिवाना, २ वर्ष सम्म कैद वा दुवै सजाए हुनसक्ने कानुनि प्रावधान रहेको जिल्ला शिक्षा कार्यालका शाखा अधिकृत देविलाल विष्टले वताउनुभयो । 

उहाँले भन्नुभयो – “घटनाको प्रकृति हेरी जागिरवाट वखास्त समेत हुनसक्छ ।” उजुरी नआएपनि सेरीगाउँ स्कुलवाट परिक्षा दिएका अरु ४ जना विद्यार्थीहरुको पनि यस्तो भएको प्राचार्य दामोदर पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार