पढ्न करिब 2 मिनेट लाग्छ

गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको रहस्य खुलेको छ ।

विद्यालयमा कार्यरत शिक्षक वसन्त नेपालीले एसएलसि परिक्षामा सहभागि मुरु गाविस वडा नम्वर ६ घर भई हाल मुसिकोट नगरपालिका १ मा वस्ने सुमन केसीको गणित विषयमा थपेका सवै कापिहरु अर्का एक्जेम्टेड विद्यार्थी मिलेश कलेलको कापिमा राखेर वेईमानी गरेका हुन् ।

सुमन केसीले अरु सवै विषयमा ए प्लस ल्याएपनि अनिवार्य गणित विषयमा डि ग्रेड आएपछि परिक्षा नियन्त्रण कार्यालयमा रिटोट्लिङ र रिचेकका लागी निवेदन दिनुभएको थियो । गणित विषयको कापी पुन: चेक गर्दा सुमनले थपेका वि,सि र डि कापी मिलेश कलेलको कापिमा स्टिज गरेको भेटिएको हो ।

परिक्षामा कोठा नम्वर ९ मा खटिएका शिक्षक वसन्त नेपालीले कोठा नम्वर ३ मा निरिक्षकको रुपमा खटिएकी लक्ष्मी खड्काको हस्ताक्षर समेत सच्याएर आफ्नो हस्ताक्षर गरेको कापि रिचेकका क्रममा भेटिएको छ । तत्कालिन परिक्षका केन्द्राध्यक्ष एव्म विद्यालयका प्राचार्य दामोदर पौडेलले यस्तो काम जगन्य अपराध भएको र आफुले शिक्षक वसन्त नेपालीलाई कार्वाही गर्न सरोकारवालालाई सघाउने वताउनुभयो ।

शिक्षा ऐन अनुसार यस्तो गैरकानुनि काम गर्नेलाई एकलाख जरिवाना, २ वर्ष सम्म कैद वा दुवै सजाए हुनसक्ने कानुनि प्रावधान रहेको जिल्ला शिक्षा कार्यालका शाखा अधिकृत देविलाल विष्टले वताउनुभयो ।

उहाँले भन्नुभयो – “घटनाको प्रकृति हेरी जागिरवाट वखास्त समेत हुनसक्छ ।” उजुरी नआएपनि सेरीगाउँ स्कुलवाट परिक्षा दिएका अरु ४ जना विद्यार्थीहरुको पनि यस्तो भएको प्राचार्य दामोदर पौडेलको भनाई छ ।