2026-06-25 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको ७३ तले भवन अचानक हल्लिन थाल्यो, मानिसहरुको भागाभाग

जेठ ५, काठमाडौं । दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ । स्थानीय प्रशासनका अनुसार मंगलबार साँझ यो घटना भएको थियो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिन थालेसँगै मानिसहरुको उद्धार गरिएको हो ।


त्यतिबेला चीनमा कुनै भूकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार पनि लाग्ने गरेको छ ।

यो भवन चीनको सेन्जेन भवनको बीचमास्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो सहरमा यो भवन एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडिओमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।

चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो । समाचारमा बताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो । एजेन्सीहरुको सहयोगमा तयार गरिएको यो सामाग्री अनलाइन खबरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ