जेठ ७, काठमाडौँ | प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले नयाँ सरकार गठन गर्न गरेको आव्हानको बिरुद्धमा सर्वोच्च अदालतमा १२ वटा रिट पेस गरिएको छ ।
संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा समेत नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरेको भन्दै सर्वोच्चमा रिट पेस भएको छ ।
अधिवक्ताहरू लोकेन्द्रबहादुर वली, विमल अधिकारी, अजय बुढाथोकी, सन्तोष भण्डारीलगायतले रिट पेस गरेका छन् । पेस भएका रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।