२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्तिपुर दैनिकमा छापिएको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

२०७८, ९ जेष्ठ आईतवार ११:४४

जेठ ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) को कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आफ्नो पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा कान्तिपुरमा छापिएको कार्टुनप्रति आपत्ति जनाएका हुन् ।

ओलीले पत्रिकाले छापेको कार्टूनको सम्बन्धमा लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको आरोप लगाएका छन् । ओलीले भनेका छन् 'आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला ? लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न । राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।' 

आइतबार कान्तिपुर दैनिकले छापेको उक्त कार्टुन निकै भाइरल बनिरहेको छ । सामाजिक संजाल फेसबुक, ट्वीटर र टिकटकमा कार्टुन निकै सेयर भएका छन् । उक्त कार्टुनमा प्रधानमन्त्रीको बिशाल सरिर सहित टाउकोमा श्रीपेच लगाएको र गोजीमा राष्ट्रपतिलाई राखिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले मिडियाले गर्ने सम्वोधनको विषयलाई लिएर टिप्पणी गरेका थिए । 

यस्तो छ कान्तिपुरमा छापिएको कार्टुन: 

माथिको कार्टुन तश्वीर: कान्तिपुर दैनिकबाट साभार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा