१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्तिपुर दैनिकमा छापिएको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

९ जेष्ठ २०७८, आईतवार ११:४४

जेठ ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) को कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आफ्नो पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा कान्तिपुरमा छापिएको कार्टुनप्रति आपत्ति जनाएका हुन् ।

ओलीले पत्रिकाले छापेको कार्टूनको सम्बन्धमा लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको आरोप लगाएका छन् । ओलीले भनेका छन् 'आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला ? लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न । राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।' 

आइतबार कान्तिपुर दैनिकले छापेको उक्त कार्टुन निकै भाइरल बनिरहेको छ । सामाजिक संजाल फेसबुक, ट्वीटर र टिकटकमा कार्टुन निकै सेयर भएका छन् । उक्त कार्टुनमा प्रधानमन्त्रीको बिशाल सरिर सहित टाउकोमा श्रीपेच लगाएको र गोजीमा राष्ट्रपतिलाई राखिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले मिडियाले गर्ने सम्वोधनको विषयलाई लिएर टिप्पणी गरेका थिए । 

यस्तो छ कान्तिपुरमा छापिएको कार्टुन: 

माथिको कार्टुन तश्वीर: कान्तिपुर दैनिकबाट साभार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल