२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०–३० लाख सहयोग

११ जेष्ठ २०७८, मंगलवार ०५:०१

जेठ ११, भक्तपुर (रासस) । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०÷३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।

केही दिनअघि नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि दाताहरूलाई सार्वजनिकरूपमा नै सहयोगको आह्वान गर्नुभएको थियो ।

“चाँगुनारायण अस्पताल जिल्लाकै ग्रामीण क्षेत्रमा सुविधासम्पन्न भवनमा सञ्चालित अस्पताल हो, कोरोनाका बिरामीले अहिले अक्सिजनदेखि शय्यासम्म नपाउने बेलामा यहाँका ग्रामीण क्षेत्रका बिरामीले आफ्नै ठाउँमा कोरोनाको उपचार पाइरहेका छन्”, जिसस प्रमुख गेलालले भन्नुभयो, “तर उपकरण अभाव रहेको थाहा पाएँ, जिससले एक थान डिजिटल एक्सरेका लागि मात्रै रकम दिएको हो । यहाँ अरु उपकरण पनि आवश्यक रहेछ, सहयोग गरिदिन दातालाई आग्रह गर्दछु ।”

नगरपालिकाका प्रमुख मिश्रले अस्पताललाई आइसीयूका लागि मोनिटर छ थान, १० थान हाइड्रोलिक शय्या र ल्याबका लागि सहयोग गर्न सार्वजनिकरूपमा आह्वान गर्नुभएको हो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसीयू शय्या, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन ।

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १०हजार १०६ सहयोग गरेका छन् । 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०–१० लाख, सङ्गम बचतले रु पाँच लाख, बाराही बचतले रु चार लाख र जिल्ला बचतले रु एक लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । ख्वप अस्पतालमा नगरपालिकाले २५ वटा एचडीयूसहितको ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गरी कोभिड सङ्क्रमितलाई उपचार सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने