2026-09-18 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आँखा बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखिन थालेकाले सचेत बनौँ’

जेठ ११, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका बिरामीको आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । भारतमा  एक हजारभन्दा धेरैमा यस्तो समस्या देखिइसकेको छ भने नेपालमा पनि सीमावर्ती जिल्लाहरुमा केही व्यक्तिमा यस्तो समस्या देखिएको छ । 

यो नयाँ रोग भने होइन । तर कोरोना सङ्क्रमितमा यस्तो समस्या के कारणले देखिएको हो भन्नेबारे अध्ययन भइरहेको छ । अहिले जताततै कोरोना, कोरोना  भनेको हुनाले यो रोगलाई कोरोनासँग जोडेर हेर्न थालिएको हो । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई यो रोग लाग्ने  सम्भावना धेरै हुन्छ । क्यान्सरको औषधि खाइरहेका, मधुमेह भएका र दीर्घरोगीहरुलाई यो रोगको जोखिम रहन्छ । 

म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसी आँखाको वरिपरिको भागमा देखिन्छ । पहिला नाकमा असर गरिसकेपछि आँखामा असर देखिने हो । आँखा रातो हुनेबित्तिक्कै जाँच गर्नुपर्ने हुन्छ । अहिले कोरोनाको जोखिम भएकाले धेरैले कोरोनाले गर्दा यो रोग भएको होला भन्ने अनुमान गरेका हुन सक्छन् । तर यो कोरोना सङ्क्रमण सुरु हुनुभन्दा अगाडि पनि देखिन्थ्यो ।

अहिले  नेपालगञ्जमा पनि यस्ता खालका बिरामीहरु देखिन थालेका छन् । कोहलपुर अस्पतालमा एक जनालाई भर्ना गरेर राखिएको छ । यस्तै समस्या भएका उहाँको अवस्था नाजुक छ । आँखासहित नाकमा पनी असर देखिएको छ । 

रोग पुरानै भए पनि कोरोना सङ्क्रमितलाई के कारणले गर्दा फेरि समस्या देखिन थाल्यो भन्ने कुरा भने पत्ता लगाउन आवश्यक छ । कोरोनाका बिरामीलाई उपचार गर्दा एक प्रकारको हर्मन दिने गरिएको छ  यसका कारण भएको हो कि भन्ने अनुमान मात्र गरिएको छ ।

कोरोनाका बिरामीलाई दिइने अक्सिजन विभिन्न उद्योगहरुबाट उत्पादन गरिएको हुन्छ । त्यतैबाट पनि सरेको हुन सक्छ । अक्सिजन दिँदा लगाइएको मास्क र सिलिन्डर कस्तो थियो भन्नेमा पनि भर पर्छ । यस्तै कोरोनाका बिरामी लामो समय बन्द कोठामा बस्दा पनि  आँखामा ढुसी आउने सम्भावना हुन सक्छ । 

यो रोगको उपचार छ । तर त्यो खाने औषधि होइन । स्लाइनपानीबाट लगाउनुपर्ने औषधि हुन्छ । त्यो एकपटक  लगाएर ठिक हुँदैन । ६ हप्तासम्म लगाएर उपचार गर्नुपर्ने हुन्छ । त्यसरी गरिने उपचार एकदमै महँगाे छ । नेपालमा त्यो औषधि बनेको छैन । बाहिरी देशबाट ल्याउनुपर्ने हुन्छ । भारतमा पनि यसको औषधि भेटिएको छैन भन्ने कुराहरु आइरहेका छन् । यसरी हेर्दा उपचार नपाउने अवस्था र पाए पनि सोच्नुपर्ने स्थिति छ । 

यो रोग लागेमा विभिन्न खालका लक्षणहरु देखिन्छन् जस्तै : आँखा रातो हुने, सुन्निने, आँखा बाहिर आए जस्तो हुने, आँखाको सेतो भाग सुन्निएर रातो हुने हुन्छ । सुरुमा नाकमा त्यसको लक्षण देखिन्छ । नाक बन्द भएर गाह्रो हुने हुन्छ। श्वास फेर्न गाह्रो भएजस्तो हुन्छ । लक्षण मिल्दोजुल्दो हुने भएकाले  कोरोनाले गर्दा हो या  कालो ढुसीका कारण यस्तो समस्या देखिएको हो भन्ने छुट्याउन गाह्रो हुने भएकाले झुक्किने सम्भावना हुन्छ । आँखा सुन्निएर रातो हुँदा  र बाहिर आएजस्तो लागेमा कालो ढुसी भएको हुन सक्छ । 

यो एकदमै घातक हुन्छ । यो रोग लाग्यो भने आँखा नै गुम्ने सम्भावना रहन्छ । सुरुमा देख्दा सानो कालो जस्तो मात्रै देखिन्छ । त्यसपछि बिस्तारै फैलिँदै जान्छ । देख्ने शक्ति हुँदैमा अस्पताल गएमा आँखा जोगाउनतिर लाग्नुपर्ने हुन्छ । तर देख्ने शक्ति  गुमेको छ भने त्यसले  दिमागमा  असर गर्नुभन्दा अगाडि नै आँखा नै निकाल्नुपर्ने हुन सक्छ । यसबाट बच्नका लागि ब्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ ।

(आँखा रोग विषेशज्ञ डा. नन्दकुमारी गुरुङसँग गरिएको कुराकानीमा आधारित यो समाचार उज्यालो अनलाइनबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई