2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग

जेठ १२, गलकोट (रासस) । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन् ।  

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुर्याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाउनुभएका सुमन विष्टले जानकारी दिनुभयो ।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताउनुभयो । 

 पहिलो चरणको रु १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताउनुभयो । 

कुडुँले समाज जापानद्वारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री 

बागलुङको कुडुँले समाज जापानको तर्फबाट धवलागिरि अस्पतालको स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइ र मास्क सहयोग गरिएको छ । कुडुँले समाज जापानका उपाध्यक्ष रामप्रसाद आचार्य, कुँडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्य र तिरुपती बालाजी युवा क्लबका अध्यक्ष गणेश आचार्यले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीको रोहबरमा अस्पतालका अध्यक्ष रानामगरलाई आठ प्याकेट मास्क र १० थान पिपिइ सेट हस्तान्तरण गर्नुभएको थियो ।

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कोरोना महामारी फैलिरहँदा बागलुङ नगरपालिका–७ का स्थानीय गणपति न्युरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गर्नुभएको छ । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा ५०० थान मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको न्युरेले बताउनुभयो । कोराना महामारीबीच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केही हदसम्म भए पनि राहत होस् भनेर हस्तान्तरण गरेको उहाँको भनाइ थियो ।

सहयोगीप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ । न्युरेले केही दिन अगाडि बानपा–७ को मुलपानी स्वास्थ्यचौकी तथा बागलुङ नगरपालिका–७ का सङ्क्रमितहरूको घरघरमा पुगी मास्क तथा स्यानिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई