२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८१३ पत्रकार सङ्क्रमित, आइसीयू र भेन्टिलेटरमा ३/३ जनाको उपचार हुँदै

२०७८, १४ जेष्ठ शुक्रबार ०५:४०

जेठ १४, काठमाडौँ (रासस) । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो भनेको छ । महासङ्घले धम्की दिनेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ