२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरमा एन्टिजेन परीक्षण

१५ जेष्ठ २०७८, शनिबार ०४:४९

जेठ १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो ।  

शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको  छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२  गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो । 

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।  त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने छ । सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ ।

हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिनेछ । पाँच दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने लक्ष्य कामपाको रहेको छ । कोभिडको लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।

कामपाले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा  हरेक १/१ वटा केन्द्र राखिनेछन् । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान