2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’

चन्द्रकला भण्डारी । जेठ १६, झापा (रासस)। कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरमा ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’ नारासहित  सेवा शुरु गरिएको हो ।

मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसनलगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा डा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका प्रयोगशाला संयोजक दिलीप सुवेदीले जानकारी दिनुभयो ।अभियान मेचीनगर नगरपालिकाको वडा नं २, ६, १० र १४, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० मा सञ्चालन भइरहेको छ ।

“अहिले कोभिडका बिरामीको उपचारमा सम्पूर्णको ध्यान गइरहेको छ”, कोभिड सङ्क्रमितलाई स्वास्थ्य सामग्री निःशुल्क पुर्याउने कार्य गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले भन्नुभयो, “यस्तो विषम अवस्थामा ननकोभिड दीर्घरोगीलाई उपचारमा सकस भएको बुझेर शुरु गरिएको टेलिमेडिसिन सेवा अत्यन्त उपयोगी सावित भएको छ ।”

अभियानमा आबद्ध स्वास्थ्यकर्मीले दीर्घरोगीको घरदैलोमा पुगी स्वास्थ्य अवस्था र औषधि सेवनका बारेमा ताजा जानकारी लिने गरेका छन् । त्यसपछि वडामा सञ्चालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले इन्टरनेट प्रविधिमार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्रा डा शर्मासँग भर्चुअल सम्पर्क गरेर थप स्वास्थ्य परीक्षण र औषधिको सिफारिस गराउँछन् । भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन् । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । शहरको अस्पतालबाट टाढा रहेका ग्रामीण बस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

अभियानका स्वास्थ्यकर्मी शनिबार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेको र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनुभयो । उहाँले गाउँमा केएचडिसी (किड्नी, उच्च रक्तचाप, मधुमेह र कार्डियो भास्कुलर)का बिरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा फसेको पाइएको जनाउँदै अभियानले त्यस्ता बिरामीलाई मद्दत गरिरहेको जानकारी दिनुभयो । अभियान लागू भएका पालिकाको वडास्थित स्वास्थ्य चौकीमा केएचडिसी नेपालले इन्टरनेट, कम्प्युटर र अन्य स्वास्थ्य सामग्रीले निःशुल्क प्रदान गरेर टेलिमेडिसिन सुविधाका लागि पूर्वाधार तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई