२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेः पार्टी एकता अन्तिम समयसम्म जारी राखिने

२०७८, १८ जेष्ठ मंगलवार १०:१६

जेठ १८, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो । 

एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।उहाँका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन । “धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ”, उहाँले भन्नुभयो, “ आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरु लागिरहनुभएको छ तर ती साथीहरु पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।”

उहाँले पार्टी विवाद समाधान गर्नका लागि गठित  कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै  कार्यदलमा रहेका केही साथी कारवाहीमा परेकाले  आवश्यकताका आधारमा कार्यदल पुनःगठन हुन सक्ने बताउनुभयो । बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दवाव र गतिविधि गम्भीर छलफल भएको छ । “आफूले भनेकै न्यायधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दवाव दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंँग मेल खाँदैन”, उहाँले भन्नुभयो, “त्यस्तो कुरा गर्नुहँुदैन र हुनुहुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।”

बैठकले यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ प्रस्तुत गरेको बजेटले अहिलेका आवश्यकता पूर्ति गर्ने जनाउँदै त्यो जनताको आवश्यकता र चाहनानुसारको भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो  ।  बैठकले कोभिड–१९ विरुद्ध सरकारले गरेका पछिल्ला प्रयासको परिमाण निस्कन थालेको पनि निष्कर्ष निकालेको छ । 

बैठकले लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभाको उपनिर्वाचनको पनि समीक्षा गरेको छ ।  “सबै विपक्ष एक हुँदा एमालेको मत पुग्दैनथ्यो । जुन ढङ्गले हामीले छलफल गरेको थियौँ, सोअनुसार  हामी विजयको नजीक थियौँ”, उहाँले भन्नुभयो, “तर अलिकति अन्तरघात भएको हामीले निष्कर्ष निकालेका छाँै । थप समीक्षा गरेर उपनिर्वाचनको निर्णय गर्नेछौँ ।”

उहाँले जीवन रक्षाको ठूलो कुरा अहिलेको आवश्यकता रहेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीसँग खोपका लागि गरेको आग्रह स्वाभाविक भएको  बताउनुभयो ।  उहाँले यस सम्बन्धमा केही राजनीतिक दलका नेताले राष्ट्रपतिलाई अत्यन्त छुद्र ढङ्गले गरेको  टिप्पणी अशोभनीय रहेको पनि जनाउनुभयो । “राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षा र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकताअनुसार आफ्नो हैसियत प्रयोग गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “ जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ,  त्यहाँ कुरा त राष्ट्रपतिले नै गर्नुप¥यो । राष्ट्रपतिले नागरिकको जीवन रक्षाका लागि नै खोप ल्याउने कुरा गर्नुभएको हो ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह