२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

१९ जेष्ठ २०७८, बुधबार १०:१०

सञ्चिता घिमिरे । जेठ १९, काठमाडौँ (रासस)।  देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।

एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताउनुभयो । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”  

अस्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।” 

अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि श्यया बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताउनुभयो । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू श्ययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय श्यया र अरूका लागि ३५० श्यया छ । उहाँले भन्नुभयो, “सबै श्ययामा नै बिरामी झण्डै भरिएका छन् ।”

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन्् । उहाँले भन्नुभयो, “अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।” 

अस्पतालले कोभिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् । सङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै श्यया बढाउँदै लगिएको निर्देशक शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।” 

अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताउनुभयो । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय श्ययामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको  अस्थायी समाधान भएको उहाँले बताउनुभयो । अस्पतालमा आइसियुमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उहाँले जानकारी दिनुभयो । 

सङ्क्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक सङ्ख्यामा पिपिई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उहाँले बताउनुभयो । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ । अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।” 

अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो  । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसियु चाहिने देखिन्छ । गत आवमा थोरै सङ्ख्यामा मात्रै सङ्क्रमित भएकाले सरकारले समस्या नभएका सङ्क्रमितलाई समेत भर्ना गरेको थियो । उहाँले भन्नुभयो, “अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।”  

अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित श्यया छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा श्यया छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० श्यया नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह