२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

२०७८, १९ जेष्ठ बुधबार १०:१६

जेठ १९, फ्रान्कफर्ट (रासस/एपी)। तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।

ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मङ्गलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो ।साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको छ भन्नुभयो । उहाँले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि “क्षितिजमा कालो बादल” अझै देखिएको बताउनुभयो ।

ओपेकले मे देखि जुलाईका तीन महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रति दिन तीन लाख ५० हजार ब्यारेल तथा जुलाईमा चार लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ । साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।

ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ । हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ । तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन् ।

अहिले विश्व बजारमा तेलको मूल्यमा निधै सुधार आएको छ र मङ्गलबार मात्र दुई वर्ष यताकै सबैभन्दा बढी मूल्य कायम भएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ । हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाई छ ।  

मङ्गलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत बृद्धि भई ६७.७२ डलर प्रति ब्यारेल पुगेको थियो । ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो । ब्रेन्ट क्रुडको मूल्य विगत दुई वर्षको अवधिमा यो सबैभन्दा बढी हो । अमेरिकी कच्चा तेलको मूल्य तीन वर्षयताकै सबैभन्दा बढी हो ।

बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ । तेलको मूल्यमा यस वर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार