२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

२०७८, १९ जेष्ठ बुधबार १६:०१

जेठ १९, (रासस/सिन्ह्वा) । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ । सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ ।

साथै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ । अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ