2026-06-26 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू

जेठ २०, टोकियो (रासस/सिन्ह्वा) । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । 

आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भन्नुभयो, “कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन् ।”

“मलाई विश्वास छ (समारोह) ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,” हाशिमोतोले भन्नुभयो ।

“हामीसँग अब ५० दिन मात्र बाँकी छ,” उहाँले भन्नुभयो । “यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु ।”  होशिमोतोले स्थानीय एक खेलकूद् पत्रिका निक्कानसँग भन्नुभयो, “यदि विश्वका विभिन्न देशहरूले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरै जसो देशहरूबाट खेलका लागि प्रतिनिधिमण्डलहरू आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियो । सहयोग र समर्थनका लागि विश्वका सबै खेलसँग सम्बन्धित खेलाडी र त्यहाँका सरकार तथा खेलकूद् संस्थाहरूप्रति टोकियो खेल आयोजक समिति आधार व्यक्त गर्न चाहन्छ ।” 

अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुन उहाँले बताउनुभयो । 

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ सङ्क्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ