२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित

२०७८, २० जेष्ठ बिहीबार १८:१७

जेठ २१, काठमाडौँ | फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टी प्राप्त गर्दै अन्जन विष्टको गोलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएपनि कप्तान किरण चेम्जोङले सहजै बचाएका थिए । 

खेलको दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराए । खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटमा अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोल गर्न सफल भएका थिए । जुन स्कोरले नेपालको जित निश्चित जस्तै भयो । नेपालको लागि खेलको ८६ औं मिनेट र ८९ औं मिनेट निकै अवसरयुक्त भएपनि गोल भने हुन सकेन ।


आजको खेल जितेसंगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि अझै जीवित छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक प्राप्त गरेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अब अर्को खेल नेपालले जोर्डनसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा