२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री राजेन्द्र महतोले फेरि भने- ‘नेपाल बहुल राज्य हुनुपर्छ’

२०७८, २२ जेष्ठ शनिबार १२:१३

जेठ २२, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरेका छन् ।

शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए ।

जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न पनि भनेका छन् ।

उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट कैद सजाय माफी गराउन लागिएको पनि जानकारी दिएका छन् । उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ ।

शुक्रबा सपथ ग्रहणका क्रममा नेपालमा बहुराष्ट्रिय राज्यको माग गरेसँगै विवावदमा तानिएका छन् । विभिन्न दल र जनताले उनको अभिव्यक्तिमाथि विरोध जनाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा