२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

२३ जेष्ठ २०७८, आईतवार ०१:५९

जेठ २३, काठमाडौँ  | वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए ।

डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिए । उनले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताए ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उनले आग्रह गरे । डा. पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गरे ।

उनका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराए । कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उनले बताए ।

कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहेको जानकारी डा. पौडेलले दिए । मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्नेजस्ता सावधानी अपनाए म्यकुरमाइकोसिसबाट बच्न सकिने उनले बताए । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै