2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खान पक्राउ, अमेरिकी राजदूतद्वारा खेद प्रकट

साउन २८, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेपछी बलिउडमा एकाएक हंगामा मच्चिएको छ । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको बिबिसी हिन्दिले जनाएको छ ।

शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको साहरुखले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ 

अमेरिकी राजदूतद्वारा खेद प्रकट  

भारतस्थित अमेरिकी राजदूत रिचर्ड वर्माले बलीउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एएरपोर्टले हिरासतमा लिएको भन्दै खेद प्रकट गरेका छन | 
उनले ट्वीट गर्दै भनेका छन् “अफसोच छ कि शाहरुख खानलाई हैरान बनाइयो | हामी यो सुनिश्चित गर्नको लागि काम गर्दैछौं कि अब यस्तो फेरी नहोस | तपाइँको काम लाखौँ मानिसहरुलाई प्रेरित गर्ने हो, जसमा अमरीकाका मानिसहरु पनि समावेश छन् |” 
साहरुख खानको ट्विटपछी एक जना उनका फ्यान @laserone ले लेखेका छन् “@आईएमएसआरके मेरा नाम खान हो र म आतंकवादी हैन |” त्यस्तै अर्का एक जना ‏@SaMud4Ever ले ट्वीट गर्दै लेखेका छन् “@आईएमएसआरके सरी एसआरके | तपाइँलाई हिरासतमा लिनुको साटो तपाइको स्वागत गर्नुपर्थ्यो | तपाइँ मात्र चम्किलो तारा हैन, भारतको गर्व पनि हो |”
अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई