२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महामारीमा स्वास्थ्य सेवा सुधारिएपछि पालिकाले पाउँदैछ जनताको स्याबासी

३० जेष्ठ २०७८, आईतवार ०२:०४

जेठ ३०, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।

केही दिनअघिसम्म चिकित्सक अभाव भोगिरहेको घोडाघोडी अहिले जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा दिन क्रियाशील छ । एमबिबीएस डा टेकराज भट्टराई, दुई स्टाफ नर्स ज्योति चौधरी र शिला चौधरी एवं हेल्थ असिस्टेन्ट शिशिर न्यौपानेसहितको टोलीले यस महामारीमा देखाएको सक्रियताले कोरोनाका बिरामीका साथै आम नागरिकको मन जितेपछि नागरिकले स्वास्थ्यकर्मीसहित स्थानीय सरकारको प्रशंसा गर्न थालेका छन् ।

कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण गर्न तथा सामान्य स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या हुने अवस्थामा रहेको घोडाघोडीमा अहिले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमितले नियमित उपचार पाइरहेका छन् । अस्पतालमा अहिले कोरोनाका सामान्य तथा अक्सिजन दिनुपर्ने बिरामीको निरन्तर उपचार भइरहेको डा भट्टराईले जानकारी दिनुभयो ।

कोरोना लाग्यो भने उपचारका लागि सोझै धनगढी जानुपर्ने नागरिकका लागि गाउँघरमै चिकित्सकसहितको कोरोना अस्पताल सञ्चालन हुँदा सहज भएको स्थानीय युवा कपिल सापकोटा बताउनुहुन्छ । महामारीको बेला पालिकाले स्वास्थ्य क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर काम गर्दा जनतामा स्थानीय सरकारप्रति विश्वास बढेको सापकोटाको भनाइ छ । अहिले पालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र बनाउनु, हरेक समय आम नागरिकले कोरोना परीक्षण गर्न पाउने व्यवस्था हुनु तथा उपचारको व्यवस्था गरिनुले पनि आम नागरिकको स्थानीय सरकारप्रतिको विश्वास अझै अग्लिएको सापकोटाको तर्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ