२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’, सोमबार चिलीसँग भिड्ने

२०७८, ३१ जेष्ठ सोमबार १५:५७

जेठ ३१, साओ पाउलो (रासस/एपी) । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो । 

कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकी उहाँले अर्को अर्को खेलमा प्रतिस्पर्धा गर्ने सम्भावनामा उहाँको उमेर बाधक बन्ने प्रष्ट देखिन्छ । 

यसका लागि मेसी र अर्जेन्टिनाको अभियान सोमबार रियो दि जेनेरियोको निल्टन सान्टोस रङ्गशालामा चिलीबिरूद्ध हुनेछ । कोपा अमेरिका महामारीका कारण सिर्जना भएको आपतकालिन मोडमा आइतवार ब्राजिलमा शुरू भएको छ । कोलम्बिया र अर्जेन्टिनाले सह–आयोजकको भूमिका निर्बाह गर्न कोभिडका कारण असम्भब भएको बताएपछि ब्राजिलमा आयोजना गरिएको छ ।

“म सँधै मेरो राष्ट्रिय टोलीमा उपलब्ध छु । मेरो सबैभन्दा ठूलो सपना यो ‘जर्सी’को साथ उपाधि जित्नु हो,” मेसीले ब्राजिलको रिया दि जेनेरियोमा गरिएको एक पत्रकार सम्मेलनमा भन्नुभयो । 

“म कुनै पनि समय खेलमा स्वदेशका लागि उपाधि दिलाउन धेरै नै नजिक पुग्ने गरेको छु तर मातृभूमिलाई उपाधि दिलाउने मेरो प्रयास सफल हुन सकेको छैन । मेरो प्रयास जारी छ ।  म सँधै यो सपनाको लागि सङ्घर्ष गरिरहनेछु । 

मेस्सीले भन्नुभयो, “कोपा अमेरिकामा खेलेका धेरैजसो समूह कुनै न कुनै समय सँगै खेलेका समूह हुन् । यो अर्जेन्टिना खेल्ने तरिका एकदम स्पष्ट छ ।” यही कारण हामीले यो कोपा कपलाई जित्नेछौँ ।” 

“हामीलाई थाहा छ कि यो एक विशेष खेल हुनेछ । यो खेलमा भइरहेको भन्दा फरक पाइनेछ ।”

अर्जेन्टिनाका कप्तानले आफ्नो टोलीका साथीका रूपमा रोड्रिगो डे पाउललाई स्वीकार गर्नुभएको छ । पाउलको खेलले अर्जेन्टिनी फुटबल समूहलाई सुरक्षा र हमला गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

“बिस्तारै हामीले एक अर्कालाई चिनेका छौँ र म उहाँसँग राम्रो खेल्नसक्नेमा विश्वस्त छु,” मेसीले भन्नुभयो । 

अर्जेन्टिनाका लागि खेलेको १५ वर्षमा मेस्सीले देशका लागि २०१४ मा विश्वकप अन्तिम खेलमा हार ब्यहोर्दा अस्वभाविकरूपमा राष्ट्रिय टोलीका लागि खेलबाट बाहिरिने उहाँका प्रशंसकका लागि ‘अकल्पनीय’ निर्णय लिनुभएको थियो । पछि तिनै प्रशंसकलगायतका सबै राष्ट्रबासीको अनुरोधमा उहाँले राष्ट्रिय खेलबाट सन्यास लिने घोषणालाई फिर्ता लिनुभएको थियो । 

उहाँले कोपा अमेरिकाका सन् २०१५ र सन् २०१६ का दुई संस्करणमा उपाधिनजिक पु¥याएर पनि पराजित बन्नुपरेको थियो । दक्षिण अमेरिकी समूह अर्जेन्टिनाले १९९३ पछि नै ठूलो प्रतियोगिता जितेको छैन । 

यो प्रतिस्पर्धा खेल जगत्का लागि विशेष हुनेछ । महामारीका समय आयोजना हुने कोपा अमेरिकाको संस्करण हुनुु सामान्यभन्दा बढी जोखिम छ । ब्राजिलमा भाइरसको कारण चार लाख ८५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । खेलका लागि आएका खेलाडीमध्ये भेनेजुएलाका आठ र बोलिभियाका तीन गरी ११ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । 

“खेलाडीमा देखिएको कोभिड सङ्क्रमण हामी सबैको लागि जोखिम हो,” मेसीले भन्नुभयो । “हामी चिन्तित छौं । हामी सावधानी अपनाउने प्रयास गर्छौं । सबै (हामी) भनिए अनुसार खेलबाहिरसमेत महामारीको नियमको कडा पालना गर्नेछौँ ।”

“हामी अरू टोलीहरूसँग खेल्नुपर्नेछ जसका कारण सङ्क्रमणको जोखिम पनि छ । हामीले सङ्क्रमित नहुनका लागि सकेसम्म सबै उपाय अवलम्बन गर्नेछौं । तर धेरै अवस्थामा यो हामीमा मात्र निर्भर हुँदैन ।” 

अर्जेन्टिना समूह एमा चिली, बोलिभिया, पराग्वे र उरुग्वेको साथमा परेको छ । प्रत्येक समूहमा चार सर्वश्रेष्ठ टोली नकआउट चरणमा खेल्नेछन् । खेलको फाइनल जुलाई १० मा रियोको ऐतिहासिक मराकान रङ्गशालामा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा