२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डक ब्यारेजका सबै ढोका खोलीयो

१ असार २०७८, मंगलवार १२:३७

असार १, कावासोती (रासस) । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पु¥याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताउनुभयो ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उहाँले बताउनुभयो ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

अविरल वर्षाको कारण नवलपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भएपनि नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन प्रशासनले अनुरोध गरेको छ । नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डुवानको जोखिम रहने गर्छ ।

नवलपुरको गिरुवारी, अरुणखोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलाहरुमा बढ्दो पानीको सतहका कारण जोखिम रहेको छ । सो आसपासमा जमिन कटान सहित बाढी र डुवानको खतरा रहने हुँदा त्यसतर्फ सजग रहन प्रशासनले अनुरोध गरेको हो ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थान, कावासोती नगरपालिकाको केरुङ्ग क्षेत्र र नारायणी तटीय क्षेत्र, रजहर, पिप्रेहनी, गैंडाकोट, त्रिवेणी लगायतको क्षेत्रमा वर्षेनी बाढी तथा डुवानले ठूलो क्षति पु¥याउने गरेको छ ।

यस वर्ष मनसुनको आगमनसँगै यसको प्रभावको पूर्व आँकलन गर्ने र सो बाट हुन सक्ने क्षतिलाई सक्दो कम गर्ने गरी जिल्ला विपद व्यवस्थापन समितिले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पँगेनीले बताउनुभयो । सोही योजना अन्र्तगत नारायणी नदीमा पानीको सतह बढ्न थाले पछि नै सबै ढोका खुल्ला गरिसकेको उहाँले बताउनुभयो ।

गत वर्ष मध्यविन्दु नगरपालिका–३ रतनपुर क्षेत्रमा नारायणी नदीले बस्ती क्षेत्रमा नै कटान गरेको थियो । त्यस्तै सो कटान क्षेत्रबाट पानी पसेको खण्डमा मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने अनुमान समेत गरिएको थियो । विगतमा समयमा व्यवस्थापन गर्न ध्यान नपुग्दा भएको क्षति र जोखिम न्यूनिकरणमा विपद् व्यवस्थापन समितिलाई सजग गरेको पंगेनीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ