गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन्"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

‘ब्रासलेट’ र ‘छक्का पन्जा’ टिमको दौडधुप

२८ श्रावण २०७३, शुक्रबार ११:५५

गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन् । चलचित्र रिलिज हुने मुख्य शहरहरुमा पुगेर प्रचार गर्न केही निर्माता अग्रसर देखिएका छन् ।

प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा’ र ‘ब्रासलेट’को टिम चलचित्र प्रचारका लागि मोफसल पुगेको छ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा आउँदो भदौ १७ गते रिलिज हुन लागेको चलचित्र ‘ब्रासलेट’ र भदौ २४ मा रिलिज हुने चलचित्र ‘छक्का पञ्जा’का कलाकारहरु प्रचारप्रसारका क्रममा मोफसल पुगेका हुन् । ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला मोफसल पुगेर फर्किसकेका छन् ।

‘ब्रासलेट’को टोली भने अहिले पूर्वका विभिन्न शहरमा पुगेको छ । राजधानीमा भन्दा मोफसलमा चलचित्रप्रतिको क्रेज अझ बढि रहेको भन्दै मोफसलका सञ्चारकर्मी र दर्शकहरुसँग साक्षात्कार गरेको दुबै चलचित्रका निर्माताको भनाई थियो ।

हाँस्य कलाकार निर्मल शर्माको निर्देशनमा बनेको चलचित्र ‘ब्रासलेट’ नारीप्रधान चलचित्र हो । यो चलचित्रमा रमेश उप्रेती नायकका रुपमा छन् भने रजनी केसी नायिकाको भूमिकामा छिन् । तीजको अवसरमा रिलिज हुने चलचित्र ‘ब्रासलेट’ले महिलाहरुको कथा बोल्ने निर्देशक निर्मल शर्माको भनाई छ । नायक रमेश उप्रेती एक दशक भन्दा लामो समयपछि चलचित्र क्षेत्रमा फर्किएका हुन् । यसैले, यो चलचित्र उनका लागि पनि अग्निपरिक्षाको रुपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार