2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोनाबाट पाँच लाखभन्दा बढीको मृत्यु

असार ६, रियो दि जेनेरियो (रासस/सिन्ह्वा) । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।

ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ ।  ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई