2026-07-11 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री

असार ७, काठमाडौँ (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गर्नुभएको हो ।

उहाँले योग गुरुहरुलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आग्रह गर्दै भन्नुभयो, ‘‘योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो, यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।’’

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो । उहाँले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ४ देखि नै योग विषयको पाठ्यवस्तु तयार भइसकेकाले योग शिक्षालाई थप प्रवद्र्धन गरिने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री उमाशङ्कर अरगरियाले योगलाई पर्यटनका रुपमा विकास गर्न कार्ययोजना बनाइने बताउनुभयो ।

योगगुरु स्वामी आनन्द अरुणले आफूभित्र मिल्नु नै योग भएको जनाउँदै नेपालले बुद्ध जयन्ती वा उपयुक्त दिनमा ध्यान दिवस मनाउन विश्व समुदायलाई प्रस्ताव गर्नुपर्ने बताउनुभयो । योगगुरु डा हरिप्रसाद पोखरेलले योग एक सर्वाेच्च चेतना भएकाले यसले विविधता र एकतालाई उजागर गर्ने जनाउनुभयो ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१४ देखि आजको दिन (जुन २१) लाई विश्व योग दिवस मनाउन थालेको हो । आजको दिन वर्षकै लामो दिन र सूर्य दक्षिणायन हुन्छ । नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट