२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप, विश्वमै सवैभन्दा धेरै भएको दावी

७ असार २०७८, सोमबार १५:४०

असार ७, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । 

“एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नु भएको छ । 

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले अगाडि लेख्नु भएको छ, “खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।” 

देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।  

हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ