2026-09-20 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वागत पाउँदा-पाउँदै मन्त्री पद चट !

असार ९, काठमाडौँ | मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।

खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन।

जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए। मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्किएको थियो।

मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वागतको ठूलो तयारी गरिएको थियो। जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुरसम्म पुगेका थिए। सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पुर्याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए।

कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो। एकातिर स्वागत तथा बधाईको उल्लास चलिरहेको समयमा अर्कोतिर मन्त्री पद गुमेपछि मन्त्री झालाई अप्ठ्यारो अनुभव भएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो