२० कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रपतिबाट दलको अधिकार खोसियो’

१० असार २०७८, बिहीबार ०२:२०

असार १०, काठमाडौं । नयाँ सरकार गठनका सन्दर्भमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा परेको दाबीलाई राष्ट्रपतिले ‘दाबी पुगेन’ भन्नु मताधिकार खोस्नु भएको तर्क कानुन व्यवसायीले गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका क्रममा बुधबार बहस गरेका कानुन व्यवसायीले केपी शर्मा ओलीबाहेक अन्यलाई प्रधानमन्त्री बनाउन नचाहेकाले राष्ट्रपतिले रातारात प्रतिनिधिसभा विघटन गरेको दाबी पनि गरे।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा बुधबार सुरु भएको सुनुवाइमा विघटित प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ रिट निवेदक पक्षका कानुन व्यवसायीले संविधानमा नभएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको बताए। 

बहुमत सदस्यको हस्ताक्षर हुँदाहुँदै हतार गरी रातारात प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपतिले दलको अधिकार खोसेको उनीहरूको तर्क छ। देउवा पक्षबाट बुधबारको बहसमा बोल्ने पाँच कानुन व्यवसायीले १४९ जना सांसदको हस्ताक्षर पेस हुनु नै वैकल्पिक सरकार गठनको बलियो आधार भएको बताए। बुधबारको बहस राष्ट्रपतिको अधिकार विषयमा केन्द्रित थियो।

बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले १४९ जनाको हस्ताक्षरले आधार प्रस्तुत हुने कि नहुने भन्ने प्रश्न गरे। ‘राष्ट्रपतिकहाँ १४९ जना सांसद गएपछि अरू केही आधार छ ? फ्लोर टेस्ट गर्छु भन्नुभएको छ ? राष्ट्रपतिज्यू, तपाईंले मतदान गर्ने अधिकार काट्न पाउनुहुन्न’, उनले भने।

थापाले आफ्नो पक्षले प्रतिनिधिसभामा उपस्थित भएर मतदान गर्न पाउने अधिकार भएको बताए। प्रधानमन्त्री बन्न ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, नसके राजीनामा दिनुपर्ने व्यवस्था भएको बताउँदै थापाले थपे, ‘पदमा बसिराख्ने हो भने विश्वासको मत लिनैपर्छ। 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलट र को-पाइलटले जोगाए ज्यान पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?