Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १०, काठमाडौं । भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार हुने, फोक्सोमा कोषमा सजिलै टाँसिने तथा शरीरमा भाइरसको प्रभाव न्यून गर्ने मोनोक्लोनल एन्टिबडी थेरापी विधिलाई प्रतिरोध गर्ने देखिएको बताएको थियो। यसअघि पत्ता लागेको डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको यो भेरियन्ट भारतमा महमारीको दोस्रो लहरको लागि जिम्मेवार मानिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा अप्रिलमा देखिएको यो डेल्टा प्लस भेरियन्ट भारतका ती राज्यका ६ जिल्लाबाट संकलित गरिएका ४० नमुनामा यो भेरियन्ट देखिएको बताएको छ। ४० नमुनामध्ये १६ नमुना दोस्रो लहरबाट सवैभन्दा बढी प्रभावित महाराष्ट्रमा देखिएको छ।

यो डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।

भाइरसमा लगातार उत्परिवर्तन भइरहन्छ र सबै उपत्परिवर्तन असंगत हिसाबमा हुन्छन्। केही उत्परिवर्तनले भाइरस स्वयंलाई नोक्सान गर्छन् भने अन्यले रोगलाई झन् बढी संक्रामक पार्ने गर्छन् भने यस्ता प्रजाति बढी हावी हुन्छ।

सजिलै प्रसार हुने, सघन हिसाबले बिरामी पार्ने, उपचार तथा खोपको प्रभावकारितलाई निस्प्रभावी पार्ने तथा प्रतिरोधी क्षमतालाई ह्रास गर्ने खाले चरित्र देखिएपछि भाइरसको उत्परिवर्तनलाई ‘भेरियन्ट अफ इन्ट्रेष्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा स्तरोन्नति गर्ने गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।