२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

१० असार २०७८, बिहीबार ०२:३६

असार १०, काठमाडौं । भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार हुने, फोक्सोमा कोषमा सजिलै टाँसिने तथा शरीरमा भाइरसको प्रभाव न्यून गर्ने मोनोक्लोनल एन्टिबडी थेरापी विधिलाई प्रतिरोध गर्ने देखिएको बताएको थियो। यसअघि पत्ता लागेको डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको यो भेरियन्ट भारतमा महमारीको दोस्रो लहरको लागि जिम्मेवार मानिएको छ।  

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा अप्रिलमा देखिएको यो डेल्टा प्लस भेरियन्ट भारतका ती राज्यका ६ जिल्लाबाट संकलित गरिएका ४० नमुनामा यो भेरियन्ट देखिएको बताएको छ। ४० नमुनामध्ये १६ नमुना दोस्रो लहरबाट सवैभन्दा बढी प्रभावित महाराष्ट्रमा देखिएको छ।

यो डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।

भाइरसमा लगातार उत्परिवर्तन भइरहन्छ र सबै उपत्परिवर्तन असंगत हिसाबमा हुन्छन्। केही उत्परिवर्तनले भाइरस स्वयंलाई नोक्सान गर्छन् भने अन्यले रोगलाई झन् बढी संक्रामक पार्ने गर्छन् भने यस्ता प्रजाति बढी हावी हुन्छ।

सजिलै प्रसार हुने, सघन हिसाबले बिरामी पार्ने, उपचार तथा खोपको प्रभावकारितलाई निस्प्रभावी पार्ने तथा प्रतिरोधी क्षमतालाई ह्रास गर्ने खाले चरित्र देखिएपछि भाइरसको उत्परिवर्तनलाई ‘भेरियन्ट अफ इन्ट्रेष्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा स्तरोन्नति गर्ने गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ