2026-07-10 08:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त, को-को छन् ?

असार ११, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरु मध्ये रौतहटका मात्रै ७ जना जनप्रतिनिधि छन् । त्यस्तै कैलालीका ४ जना छन् भने सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना रहेका छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेर सोबारे जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

१. रिना कुमारी साह, मौलापुर न.पा. रौतहट (प्रमुख) 

२. सियाराम कुशवाहा, कटहरिया न.पा. रौतहट (प्रमुख)

३. परनिया देवी, देवाही गोनाही न.पा. रौतहट (उप्रमुख)

४.  गौरिशंकर प्रसाद, मैलापुर न.पा. रौतहट (उप्रमुख)

५. कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट (उप्रमुख)

६. सिमल कुमारी साह, माधवनारायण न.पा. रौतहट (उपप्रमुख)

७. गितादेवी साह, यमुनामाई गा.पा. रौतहट (उपाध्यक्ष)

८.  सतमीलाल दास ताती, लहान न.पा. सिरहा (नगर का.पा. सदस्य)

९. शेष फारुक, सम्सी गा.पा. महोत्तरी (अध्यक्ष)

१०. छायाँ देवी देवकोटा, भजनी न.पा. कैलाली (उपप्रमुख)

११. भागिरथी विष्ट, गौरीगंगा न.पा.–४, कैलाली (वडाध्यक्ष)

१२. शर्मानन्द भट्ट, गोदावरी न.पा.–१, कैलाली (वडाध्यक्ष)

१३. पुरन विसी, बर्दगोरिया न.पा.–४, कैलाली (वडाध्यक्ष)

१४. सुरेश कुमार थापा, चम्पादेवी गा.पा.–७, ओखलढुंगा (वडाध्यक्ष)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट