१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त, को-को छन् ?

११ असार २०७८, शुक्रबार ०२:१४

असार ११, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरु मध्ये रौतहटका मात्रै ७ जना जनप्रतिनिधि छन् । त्यस्तै कैलालीका ४ जना छन् भने सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना रहेका छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेर सोबारे जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

१. रिना कुमारी साह, मौलापुर न.पा. रौतहट (प्रमुख) 

२. सियाराम कुशवाहा, कटहरिया न.पा. रौतहट (प्रमुख)

३. परनिया देवी, देवाही गोनाही न.पा. रौतहट (उप्रमुख)

४.  गौरिशंकर प्रसाद, मैलापुर न.पा. रौतहट (उप्रमुख)

५. कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट (उप्रमुख)

६. सिमल कुमारी साह, माधवनारायण न.पा. रौतहट (उपप्रमुख)

७. गितादेवी साह, यमुनामाई गा.पा. रौतहट (उपाध्यक्ष)

८.  सतमीलाल दास ताती, लहान न.पा. सिरहा (नगर का.पा. सदस्य)

९. शेष फारुक, सम्सी गा.पा. महोत्तरी (अध्यक्ष)

१०. छायाँ देवी देवकोटा, भजनी न.पा. कैलाली (उपप्रमुख)

११. भागिरथी विष्ट, गौरीगंगा न.पा.–४, कैलाली (वडाध्यक्ष)

१२. शर्मानन्द भट्ट, गोदावरी न.पा.–१, कैलाली (वडाध्यक्ष)

१३. पुरन विसी, बर्दगोरिया न.पा.–४, कैलाली (वडाध्यक्ष)

१४. सुरेश कुमार थापा, चम्पादेवी गा.पा.–७, ओखलढुंगा (वडाध्यक्ष)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक