१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक – प्रधानमन्त्री ओली

१२ असार २०७८, शनिबार ०३:०४

असार १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा चल्नु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ ।

जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।’ प्रधानमन्त्री ओलीले केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जनाए ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक