२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारमा नक्कली कोरोनाको खोप बिक्रि हुँदै, मूल्य ५ हजारसम्म

१३ असार २०७८, आईतवार ०३:३९

असार १३, काठमाडौँ | बजारमा कोरोनाको खोप अबैध रुपमा बिक्रि हुँदै गरेकोप्रति राष्ट्रिय उपभोक्ता मंचले विज्ञप्ति जारी गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी बिज्ञप्तिमा लुकीछिपी रु. ३ हजार देखि ५ हजार सम्ममा कोरोनाको खोप बिक्रि बितरण भईरहेको गोप्य सूचना मन्चलाइ प्राप्त भएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । 

उपभोक्ता मंचले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 'सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।'

मंचले सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलवाड गर्ने गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धीत निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुध्द कडा भन्दा कडा कारवाही गरी पाउन अनुरोध गरेको छ । 


यस्तो छ विज्ञप्ति: 

बिश्वव्यापी रुपमा फैलिरहेको कोविड १९ को महामारीले सम्पूर्ण मानवजाति नै संत्रस्त भई रहेकोछ । बिश्वमा करिव ४० लाख व्यक्तिको ज्यान लिई सकेको यो कोबिड १९ ले नेपालमा पनि करिव ९ हजार जनताको ज्यान लिई सकेकोछ भने लाखौं मानिसलाई कोरोना भाइरसको संक्रमणको चपेटामा परेकोछ ।

गत बर्ष देखि फैलिएको यस कोरोना भाइरसको संक्रमण न्यूनिकरणको लागी सरकारले जति नै प्रयास गरेतापनि बिबिध कारणले यसलाई नियन्त्रणमा ल्याउन सकेकोछैन भने आगामी दिनमा कोविड १९ को तेश्रो लहर आउने प्रवल सम्भावना सम्बन्धीत बिज्ञहरुबाट चेतावनी सहित सावधान गराई सकेकोछ ।

भारतबाट आयात भएको कोविड १९ बिरुध्दको कोविशिल्डको खोप लाउने काम गत फागुणको पहिलो हप्ताबाट शुरु भएकोमा सरकारको अकर्मण्यता एवं असक्षमताका कारण सोह्र हप्ता भित्र दोश्रो खोप लाउनु पर्ने भनेतापनि अहिले सम्म खोप कहांबाट आउछ र कहिलेबाट खोप लाउन शुरु हुन्छ भन्ने कुनै ठेगाना भएकोछैन, जसको कारण दोश्रो खोप लगाउन बांकी नागरिक अत्यन्त चिन्तित भएकाछन् । यद्यपी चीनबाट ल्याइएको भेरोशलिको खोप लाउने काम दोश्रो चरणमा सहज तरिकाले शुरु भई सकेकोछ । यसलाइ कोरोना भाइरसको संत्रासले पीडित नागरिकलाइ केही राहत मिलेकोछ ।

कोविशिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउंदा अत्यन्त हतोत्साहित र निराश बनेको स्थिति एकातिर छ भने अर्कोतिर सरकारी निकायबाट नै खोपहरु गायव भएको आश्चर्यजनक समाचारहरु आई रहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्य माथि खेलवाड गर्ने केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालको पूर्वीनाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोविशिल्डको खोप भन्दै लुकीछिपी रकम रु. ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण गरिरहेकोछ भन्ने गोप्य सूचना यस मन्चलाइ केही चिकित्सकहरुबाट प्राप्त हुन आएकोछ । 

सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ । सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलवाड गन गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धीत निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुध्द कडा भन्दा कडा कारवाही गरी पाउन अनुरोध गर्दछौं । 

(प्रेमलाल महर्जन) 

अध्यक्ष 

राष्ट्रिय उपभोक्ता मंच

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह