साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२"/>
2026-09-19 02:34 AM
काठमाडौँ - KTM

बाढी-पहिरोबाट एकसय २३ परिवार विस्थापित

साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२ जना आफन्तको शरणमा छन् । 

घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन्दा छन् । 

सबैभन्दा बढी अधिकारीचौर गाविसका ६७ घरमा पूर्ण क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिनुभयो । सो गाविसका ३९७ जना विस्थापित अवस्थामा छन् । भुजी खोलामा आएको बाढीले अधिकारीचौरको दोगाडी, छालहाल्ने, ओख्रेनी, सामीद्वारलगायतका बस्तीमा क्षति पु¥याएको थियो । बुङ्गादोभानमा २० घर पूर्ण क्षति हुँदा १३० जना विस्थापित छन् । 

त्यस्तै बुर्तिवाङमा नौ घरका ४७ जना, भिमगिठेमा पाँच घरका २२ जना, दर्लिङमा चार घरका १७ जना, निशीमा तीन घरका १६ जना विस्थापित भएको प्रजिअ पाण्डेयले बताउनुभयो । बाढीले ग्वालीचौरको एक घर बगाउँदा सात जना विस्थापित छन् । जिल्लाको अन्यत्र भागमा पनि पहिरोले घरमा क्षति पु¥याउँदा सर्वसाधारण घरवार विहीन बनेका छन् । 

बागलुङ नगरपालिकाका पाँच घरमा पुगेको क्षतिले २२ जना, मालिकाको एक घरका चार जना, रायडाँडाका दुई घरका पाँच जना, कुश्मीसेराका दुई घरका १० जना र बोहरागाउँका दुई घरका आठ जना विस्थापित भएको जनाइएको छ । बाढी प्रभावितको लागि प्रारम्भिक राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताउनुभयो । सम्बन्धित गाविस सचिवले वितरण गर्ने गरी पेश्की रकम दिइएको उहाँको भनाइ छ । 

“पहिलो चरणको नगदसहित राहत सामग्री वितरण भइसकेको छ” सहायक प्रजिअ गिरीले भन्नुभयो, “प्रतिपरिवारमा रु १० हजारका दरले राहत पुगेको छ, अझै छुटेका परिवार छन्, विस्थापितका सङ्ख्या पनि संशोधन हुने अवस्था छ ।” गृह मन्त्रालयबाट तोकिएर आउने रकमको अतिरिक्त जिल्ला दैवी प्रकोप उद्धार समितिबाट पनि राहत वितरण गरिएको छ । 

घर, जग्गा र सम्पत्ति गुमाएका परिवारलाई तत्काल सहयोग पुगे पनि दीर्घकालीन व्यवस्थापनको लागि चुनौती रहेको छ । अधिकारीचौरका शिक्षक दुर्गा भण्डारीले बाढी प्रभावित कोही आफन्तकोमा त कोही टहरा बनाएर बसेको बताउनुभयो । “सिङ्गो गाउँनै बगर पल्टिएको छ, मानिस शोकमा छन्” भण्डारीले भन्नुभयो “स्थायी बाससहितको पुनःस्थापना गर्न गाह्रो देखिएको छ ।” 

घरवार गुमाएका परिवारलाई राज्यले राहत रकम वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । गैरसरकारी स्तरबाट पनि बाढी प्रभावित क्षेत्रमा राहत वितरणको कार्य चलिरहेको छ । जिल्लाका राजनीतिक दलले पनि राहत सङ्कलन गरिरहेका छन् । 

कतिपय संस्थाले अस्थायी आवास निर्माणका लागि पहल अघि बढाएका छन् । बाढीपछि पश्चिम क्षेत्रको जनजीवन कष्टकर बनेको छ । यातायात, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा अवरुद्ध बनेका छन् । बाढीले करोडौँको भौतिक सम्पत्तिमा क्षति पु¥याएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई