२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडिएको अवस्थामा २५ दिनपछि फेला प¥यो सुजिताको अवशेष

१३ असार २०७८, आईतवार १४:४२

सञ्जीतकुमार मण्डल, असार १३, जलेश्वर (रासस) ।महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज  फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन् ।

गत १९ गते राति नै हत्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ । आज २५ दिनपछि सुजिताको शवका अवशेषहरू फेला परेको हो ।

राष्ट्रिय समाचार समिति(रासस)सहित अन्य मिडियामा महिला हराएको र हत्याको आशङ्का गरिएको समाचार व्यापकरूपमा आएको तथा मृतकका माईती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ । घटनाको २५ दिन बित्तिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेका हो ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच  गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आरोप लगाउनुभयो ।

उहाँले प्रहरीहरूलाई आफूहरू छोरीको हत्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अश्लिल शब्द प्रयोग गरी गाली गर्दै सहयोग नगरेको समेत आरोप लगाउनुुभयो ।

सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताउनुभयो ।

यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मारेको स्वीकार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने