असार १४, काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको उनले बताए । पराजुलीका अनुसार खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ भने अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ ।