निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जी"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

सन्तुष्टिपूर्ण यौनजीवनका लागि यसो गर्नुहोस् !

२९ श्रावण २०७३, शनिबार १२:५४

निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । साथै, यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैन पनि ।

खानपानः भव्य सेक्स जीवनका लागि पौष्टिक खानपिन आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्ने विश्वास गरिन्छ ।

आराम: शरीर र मनलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।

व्यायाम: शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।

मुड: बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । यसरी मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पु¥याउँछ ।

गीत: सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।

कपडा: राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा जानुभयो भने यसले तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो