पढ्न करिब 1 मिनेट लाग्छ

असार २०, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ ।

योसँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ ।

सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का २२ हजार २८७ नमूना परीक्षण भएका थिए ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित १.५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८.५७ प्रतिशत विरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन् ।

बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भउको थियो ।