Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निषेधाज्ञा खुकुलो बन्दै तर बढ्दैछ कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २२,  काठमाडौं । नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् भने थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् ।हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।

कहाँ कति संक्रमित छन् ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०3 जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४/३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३/१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।