१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

२३ असार २०७८, बुधबार ०२:१६

असार २३, काठमाडौं । राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविद्सँगको छलफलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिको २०७७÷०७८ वार्षिक  प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ। तर, त्यो बाकस कसरी गायब भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ। यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ। 

उनीहरूले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए। इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशराज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन्।

परराष्ट्र मन्त्रालयमा रहेका सबै महत्वपूर्ण कागजात राजदरबारमा सारिएको र लाल बक्समा राखिएको भनी इतिहासकार बाबुराम आचार्य समेतको भनाइ रहेको कुरा उनीहरूले बताएका थिए। परराष्ट्रका कागजात १४ पोका अभिलेखालयमा अझै व्यवस्थित गर्न नसकेको, विसं १८४८ मा भएको कुमाउ सन्धि, मृगस्थलीमा भएको योगी नरहरिनाथद्वारा संकलित दस्ताबेजहरू संरक्षण गर्न अति जरुरी भएको उनीहरूले बताएका थिए।  

समितिले गत वर्ष समितिमा पुरातत्व विभागका महानिर्देशक एवं राष्ट्रिय अभिलेखालयका पूर्वप्रमुख भीमप्रसाद नेपालसँग पनि छलफल गरेको थियो उनले भने, ‘म अभिलेखालयको प्रमुख रहँदा २०६५ सालमा गणतन्त्रको घोषणा भई तत्कालीन राजा नागार्जुन प्रस्थान गरेपश्चात् दरबारमा रहेको लाल बाकस अभिलेखालयले बुझ्नु पर्दछ, तपाईं तयारी अवस्थामा रहनुहोला भनी आफूलाई पुरातत्व विभागका तत्कालीन महानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभएको थियो तर आफ्नो कार्यकालभित्र त्यो बाकस प्राप्त हुन सकेन।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक