२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

२६ असार २०७८, शनिबार १५:४६

असार २६, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को आज निरीक्षण गर्नुभएको छ । 

सो अवसरमा उहाँले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिनुभयो । 

उहाँले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिनुभयो । “अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् ।

अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो, “अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण  क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।”

मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

सचिव अर्यालले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताउनुभयो । कार्यकारी निर्देशक डा।गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य