Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरस विरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो ।

“सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा. भि के पौलले भन्नुभयो । उहाँले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिनुभयो ।

महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । “एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भन्नुभयो ।

जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।

सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ ।