Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बढ्न थाल्यो कोरोना सङ्क्रमण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २, काठमाडौं । कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो  भएसँगै उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।