पढ्न करिब 1 मिनेट लाग्छ

साउन २, काठमाण्डाै । पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ ।

थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।