२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान

४ श्रावण २०७८, सोमबार १५:४५

साउन ४, काठमाडौँ (रासस) । नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने  पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ ।

सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले आज पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ ।

शैक्षिक सत्र सन् २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा सो कन्सल्टेन्सीले कम्पेक्स स्कलरशिपका लागि अगस्त चार तारिखसम्म आवेदन दिन सकिने जनाएको छ ।

छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनीयरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि, बिएस्सी नर्सिङका लागि आवेदन मागेको हो ।

कक्षा १२ मा ६० प्रतिशत नतिजासहित उत्तीर्ण र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरशिपको जाँच दिन सक्नेछन् ।

कम्पेक्स स्कलरशिप प्रदान गर्ने भारतको उडिसामा अवस्थित कालिङ्गा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, किट युनिभर्सिटीलाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रवद्र्धन गर्दै आएको तथा महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिशन अफिस आफ्नो कन्सल्टेन्सी रहेको संस्थाका प्रबन्ध निर्देशक सुदीप नायकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का