२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

९ श्रावण २०७८, शनिबार ०८:२०

साउन ९,  (रासस/एएनआई)  । भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ । 

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का