२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

२०७८, १० श्रावण आईतवार १६:१२

 साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।  

अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । 

भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।

“छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ ।  

भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन (एलएमओ) उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।  

दक्षिण एसियाली मुलुक बङ्गलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १९ हजार २७४ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना सङ्क्रमित भएको र २२८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला