2026-07-25 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

 साउन १०, लण्डन (रासस/एएनआई) । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । 

स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् ।

सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।  

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । 

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक