२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक हात्तीको पछाडि गस्ती टोली !

२०७८, ११ श्रावण सोमबार ०१:४८

साउन ११, काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । 

यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि आरक्षभित्र सातवटा रैथाने हात्ती बस्दै आएका थिए भने थप आठवटा जङ्गली हात्ती भारतबाट प्रवेश गरेपछि आरक्ष क्षेत्र वरपर हात्ती आतङ्क फैलिएको छ ।

गाउँबस्तीमा पसेर मानवीय क्षति मात्र होइन, बालीनाली नोक्सानी गर्ने, घर भत्काउने, अन्नपात खान थालेपछि बस्तीमा रातदिन आतङ्क फैलिएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भने, “हरेक हात्तीको पछाडि मानिस खटाउनुपर्ने अवस्था आएको छ । जसका लागि चौबिसै घण्टा दुईवटा गाडी, दुईवटा ट्याक्टरमा १२ जना आरक्षका कर्मचारी र १२ जना नेपाली सेनाको टोली खटाउने गरिएको छ । 

यति गर्दा पनि दैनिकजसो कम्तीमा १० वटा घर भत्काउने गरेकोले कोसी टप्पुका लागि हात्ती आतङ्क जटिल समस्याका रूपमा देखिएको छ ।”

प्रायःजसो राति बस्तीमा हात्ती पस्दा स्थानीयवासीले आगो बाल्ने, होहल्ला गर्ने, ट्याक्टर, गाडी चलाएर भगाउने प्रवृत्तिले हात्ती झन् रिसाएर अन्धाधुन्ध रूपमा गाउँ पस्ने, घर भत्काउने गरेकोले क्षति बढी हुने गरेको उनको अनुभव छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस