१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

१५ श्रावण २०७८, शुक्रबार ०२:०२

साउन १५, काठमाडौं  । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।

आयोगका  पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ।’ कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए। ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ’, उनले भने। कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको थियो।

तर अब एक महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। उक्त विषय टुंगो लगाउन बिहीबार पाँच दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी ग¥यो। सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका एकएक निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी छ। कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन गरेर बिहीबार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का