२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित

२०७८, १५ श्रावण शुक्रबार १०:१८

साउन  १५, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ ।

बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ ।

यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो ।  

त्यसैगरी बिहीबार मात्र यहाँका २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत रहेको छ । त्यसैगरी यहाँको निको हुने दर ८५.६ प्रतिशत रहेको छ ।

यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ । कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो ।

तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते